केशरमहलमा कार ठक्कर मृत्यु

काठमाडौँको केशरमहलमा एक पैदलयात्रीलाई कारले ठक्कर दिँदा मृत्यु भएको छ। बागमती प्रदेश ०१–०३० च २३४८ नम्बरको कारले ठक्कर दिएको उपत्यका ट्राफिकका एसपी नरेश सुवेदीले बताएका छन्।

दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका हवल्दार पशुराम ठाकुर घाइते भएका छन्, उनको दुवै खुट्टा र छातीमा चोट लागेको छ।

६६ वर्षीय कार चालक सुरेश राज कालिकालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरी वृत्तमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *