बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ।
३३ किलोमिटर सडकमध्ये २६ किलोमिटर कालोपत्र र ढलान गरिएको छ। सडक ११ मिटर चौडाइमा स्तरोन्नति गरिएको छ।
नागढुंगा–कैकुखोला १६.५ किलोमिटर सडकमध्ये ११ किलोमिटर काम ६३ करोड रुपैयाँमा सम्पन्न भएको छ भने राहुघाट–नागढुंगा १९ किलोमिटर सडकमध्ये १५ किलोमिटर काम ६६ करोड रुपैयाँमा सकिएको छ।
सडकमा राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी र दानाको घट्टेखोलामा मोटरेबल पुल, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान गरिएको छ।