पछिल्ला वर्षमा नेपालमा इलेक्ट्रिक वाहन (ईभी)को लोकप्रियता बढ्दै गएको छ र यहाँको एडप्सन रेट एसियामै सबैभन्दा बढी छ।
तर ग्राहकहरूले प्रायः रिसेल मूल्य र मर्मत खर्चबारे अनिश्चितताको कारण ईभी खरिद गर्न ढिला गर्छन्।
यसलाई मध्यनजर गर्दै दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो फ्ल्यागसिप मोडेल ‘दिपल एस ०७ आईसीए’मा बाइब्याक ग्यारेन्टी र पाँच वर्षसम्म शून्य खर्च योजना ल्याएको छ।
बाइब्याक ग्यारेन्टी अनुसार दोस्रोदेखि पाँचौं वर्षभित्र निश्चित मूल्यमा रिसेल सुनिश्चित हुन्छ, र पाँच वर्षसम्म इन्स्योरेन्स, मर्मत, चार्जिंग र रोड ट्याक्स नि:शुल्क हुन्छ।
यस योजनाले उपभोक्ताको अनिश्चितता हटाएर विश्वासमा आधारित स्वामित्वको अनुभव प्रदान गर्नेछ र नेपालमा ईभी खरिद गर्ने सोचलाई सकारात्मक बनाउने अपेक्षा गरिएको छ।
Post Views: 147