डोरपाटन–सालझण्डी सडक ढिलो

बागलुङको बुर्तिबाङदेखि ढोरपाटन जोड्ने सालझण्डी-ढोरपाटन सडक खण्डको स्तरोन्नति कार्य अत्यन्तै सुस्त छ।

चार वर्ष अगाडि जिम्मा लिएको जिम्मेवार कम्पनीले ६०–६१ प्रतिशत मात्र काम पूरा गरेको छ।

काम समयमै सक्ने गरी ३० महिनाको सम्झौता भएपनि म्याद तीन पटक थप गरिएको छ र अहिलेसम्म अन्तिम म्याद भर्नका लागि २०८३ जेठसम्मको समय दिइएको छ।

सडक कालोपत्र र आवश्यक सुधार नहुँदा स्थानीय, यात्रु र पर्यटकहरूले यात्रा गर्दा धेरै असुविधा भोगिरहेका छन्।

निर्माणकर्ता कम्पनीले भने, “अहिले तीव्र गतिमा काम भइरहेको छ, जेठसम्म काम सक्ने सम्भावना छ”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *