बजाज नेपालले ‘डोमिनार डे’ नामक विशेष अभियान सुरु गरेको छ। यो अभियान २०२५ नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म नक्सालस्थित बाइकर’स क्याफे शोरुम र ग्यालेक्सी शोरुममा सञ्चालन हुनेछ।
अभियानमार्फत ग्राहकले आफ्नो डोमिनार ४०० मोटरसाइकल अपग्रेड गर्न आकर्षक अफर, वित्तीय सुविधा तथा अतिरिक्त लाभ प्राप्त गर्न सक्नेछन्।
“Dominar Day is on; and your upgrade starts now” भन्ने ट्यागलाइनसहित कम्पनीले विभिन्न योजनाहरू सार्वजनिक गरेको छ।
यस अभियान अन्तर्गत Alpha CS1 आर्मर्ड राइडिङ ज्याकेट, MT हेल्मेट तथा अन्य राइडिङ गियर उपहारस्वरूप प्रदान गरिनेछ।
साथै, सहज ईएमआई सुविधा उपलब्ध गराइएकाले ग्राहकले किस्ताबन्दीमै मोटरसाइकल अपग्रेड गर्न सक्नेछन्।
यसबाहेक ग्राहकले पुराना बाइकको उत्तम मूल्यांकन, NPL टिकट, तथा अन्य विशेष फाइदाहरू पनि प्राप्त गर्ने अवसर पाउनेछन्।
साथै, स्पोन्सर्ड ‘Weekender Ride’ मा सहभागी भई आधिकारिक डोमिनार मर्चेन्डाइज जित्ने मौका पनि उपलब्ध छ।
बजाजका अनुसार यो अभियानले डोमिनार ४०० को अपग्रेड संस्कृतिलाई बढावा दिने र बाइकप्रेमीहरूलाई उपयोगी तथा रोमाञ्चक अनुभव दिने लक्ष्य राखेको छ।
नक्साल र ग्यालेक्सी दुवै शोरुममा अभियान एकैसाथ सञ्चालन हुने भएकाले उच्च सहभागिता हुने कम्पनीले विश्वास जनाएको छ।
Post Views: 228