हेटौँडा पुल पिल्लर मर्मत

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्ती खोलामा रहेको ४३ वर्ष पुरानो पुलका क्षतिग्रस्त पिल्लरको मर्मत कार्य सुरु भएको छ।

डिभिजन सडक कार्यालय हेटौँडाले बुधबारदेखि चार पिल्लरमा रेट्रोफिटिङ काम थालेको हो।

पिल्लरमा बाहिरी सतहको सिमेन्ट नष्ट भइ फलामका रड खुला देखिन थालेका कारण तत्काल मर्मत आवश्यक भएको इन्जिनियरले बताए। विशेषज्ञ टोलीले निरीक्षण गरी प्रतिवेदन दिएका छन्।

मर्मत अन्तर्गत रड देखिएका पिल्लरमा सिमेन्टको ज्याकेटिङ गरिनेछ, जसले पुलको संरचना दीर्घकालीन रूपमा सुरक्षित बनाउनेछ।

२१० मिटर लामो पुलमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *