फक्सवागन भारतमा लगानी घटायो

जर्मन अटो कम्पनी फक्सवागन ले भारतमा विद्युतीय कार विकासका लागि गर्न लागेको लगानी कम गर्ने भएको छ।

कम्पनीले पहिले १ अर्ब अमेरिकी डलर लगानी गर्ने भनेको थियो, तर अब यसलाई घटाएर ७० करोड डलर मात्र लगानी गर्ने योजना बनाएको छ।

भारतमा करिब २० वर्ष बिताउँदा पनि फक्सवागनको बजार हिस्सा २% भन्दा कम रहँदा कम्पनीले जोखिम कम गर्न स्थानीय साझेदार खोज्न थालेको छ।

लागत र जोखिम दुवै बाँड्न सक्ने भारतीय साझेदारको खोजी भइरहेछ।

गत वर्ष महिन्द्रासँग साझेदारीबारे कुरा चले पनि सफल हुन सकेन। फक्सवागन अहिले पनि JSW Group, SAIC Motor लगायतसँग छलफलमा छ।

फक्सवागन भारतमा स्कोडा, फक्सवागन, अउडी, ल्यम्बोर्गिनी र पोर्से ब्रान्ड बिक्री गर्छ। तर भारतले २०२७ देखि कडा कार्बन नीति कार्यान्वयन गर्न लागेकाले धेरै कम्पनीले ईभीलाई प्राथमिकता दिएका छन्।

फक्सवागनले भने २०२८ बाट मात्रै भारतमै ईभी उत्पादन गर्न चाहन्छ, त्यसअघि आयातित ईभी बेच्नेछ।

भारत र दक्षिण एसियामा लगानीको राम्रो प्रतिफल नआएको र चीन तथा पश्चिमी बजारमा बढी सम्भावना देखिएकाले फक्सवागनले लगानी दिशा परिवर्तन गरिरहेको छ।

कोरियन कम्पनी हुन्डाई र कियाले भारतमा राम्रो नाफा कमाइरहेका छन्, तर अमेरिकी GM र Ford जस्ता कम्पनीले भारत छाडिसकेका छन्।

फक्सवागन पनि भारतीय बजारमा टिकिरहने संघर्षमै छ, किनकि भारत विश्वको सबैभन्दा छिटो बढिरहेको कार बजार हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *