Skip to content
बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा दुई किलोमिटर सडकको ‘प्रिमिक्स’ प्रविधिमार्फत कालोपत्र सुरु गरिएको छ।
बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सडक सात मिटर चौडा हुनेछ।
नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल निर्माण गरिने छ।
वर्षा यामको पानी निकासका लागि नाला, टेवा पर्खाल र अन्य सडक संरक्षण संरचनाहरू पनि निर्माण भइरहेको छ।
सडक निर्माणको लागि रु १० करोड १६ लाखमा सम्झौता भएको छ।
Post Views: 149