Skip to content
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीय पैदलयात्री खुइली डोमको मृत्यु भएको छ।
उनी पर्सा वीरगञ्ज–१६ नागुवा घर भएकी हुन् र हेटौँडामा बस्दै आएकी थिइन्।
ठक्करपछि गम्भीर घाइते भएकी डोमको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी छ।
Post Views: 119