नेपालमा XPENG EV का अधिकृत वितरक CG Motors ले “XPENG XPERIENCE – Upgrade to Excellence” नामको नयाँ एक्सचेन्ज क्याम्पेन सार्वजनिक गरेको छ।
यसमार्फत ग्राहकले पुरानो गाडी साटेर XPENG G6 जस्ता आधुनिक र प्रिमियम इलेक्ट्रिक SUV किन्न सक्नेछन्।
XPENG G6 मा 440 Nm टर्क, अटो–पायलट, अटो–पार्किङ, ५-तारे सुरक्षा रेटिङ, र सन्तुलित वेट–डिस्ट्रिब्युसन जस्ता सुविधा छन्। कम्पनीका अनुसार यसले उच्च प्रदर्शन र स्मार्ट ड्राइभिङ अनुभव दिन्छ।
अफरअन्तर्गत ग्राहकले पाउने मुख्य सुविधा:
६.३% ब्याजदर
विशेष क्यास लाभ
१ वर्ष इन्स्योरेन्स
१ वर्ष रोड–ट्याक्स
प्रिमियम एसेसोरिज
६.६ kW वाल–माउन्ट चार्जर
३.३ kW ट्राभल चार्जर
Black+Decker वासर र भ्याकुम क्लिनर
क्याम्पेन अवधिमा टेस्ट ड्राइभ गर्नेलाई विशेष गिफ्ट ह्याम्पर पनि दिइनेछ।
CG Motors का अनुसार XPENG ले उच्च प्रविधि र ग्राहकमैत्री सेवासहित नेपालमा EV को नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।