बलेवा–मालढुंगा सडक तीव्र

कालीगण्डकी करिडोरको बलेवा–मालढुंगा सडक खण्डले थपिएको म्याद सकिनै लाग्दा गति लिएको छ।

अहिले बलेवा विमानस्थलदेखि कालोपत्रका लागि आवश्यक तयारी सुरु भएको छ।

तीन वर्षमा ६५% मात्र काम भएको यो खण्डको दुई वर्षमा सक्ने सम्झौता थियो।

निर्माण कम्पनीलाई पटकपटक ताक्दा र कारबाहीको चेतावनी दिँदा काम तीव्रता पाएको आयोजनाले जनाएको छ।

४४ किलोमिटर लामो बलेवा–हर्मिचौर खण्ड पहिले नै सम्पन्न भएको छ भने १० किलोमिटर लामो बलेवा–मालढुंगा खण्डमा म्याद सकिनै लाग्दा ढलान र कालोपत्रका काम तीव्र भएको छ।

ठेक्का ५५ करोडमा गरिएको यो खण्डको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ।

निर्माण व्यवसायीले ठूला उपकरण परिचालन गरी सडक चौडा पार्ने, पर्खाल, कल्र्भट र ग्याबिन जाली जस्ता तयारी अघि बढाइरहेको र कालोपत्र चाँडै सुरु हुने बताएका छन्।

ढिलाइको मुख्य कारण भुक्तानी समस्या र कच्चा सामग्रीको अभाव भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *