बिपी राजमार्ग पुनर्निर्माण सुरु

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण सुरु भएको छ।

काठमाडौंलाई पूर्वी र मध्यपहाडी क्षेत्रसँग जोड्ने यो राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुली खण्डका तीन भागमा निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

तीन मुख्य सडकखण्डको काम आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।

सडक स्तरोन्नति गर्दै दुई लेनको निर्माण गरिनेछ र पाँचवटा पुललाई पनि दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ।

खानी-एवन-कमलजीत जेभी, लामा-नवकान्तिपुर जेभी र खरिढुंगा-घिसिङ-क्षितिज जेभीलाई विभिन्न खण्डको ठेक्का दिइएको छ।

जापानको अनुदानमा बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक निर्माण गरिनेछ।

स्थायी पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको छ।

राजमार्गको पहिलो निर्माण कार्य जापानको सहयोगमा सुरु भएको थियो र २०७२ असारमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *