भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार परियोजनाको अनुगमन गरेका छन्।
यो सडक परियोजनाको समग्र प्रगति अहिले ५० % पुगेको छ। १५.८ किलोमिटर लामो यस खण्डलाई ६ लेनमा बनाउने दुई प्याकेजमा काम भइरहेको छ — सूर्यविनायक–सांगा भागमा ४५% र सांगा–धुलिखेल भागमा ५५% काम सकिएको छ।
मन्त्री घिसिङले थप जनशक्ति र उपकरण लगाएर निर्माणलाई तीव्रता दिन र असारभित्र यसलाई पूरा गर्ने निर्देशन दिएका छन्।
उनले बजेट अभाव नहुने र बाँकी निर्णय पनि तत्काल टुंग्याउन प्रस्ताव गरेका छन्।
सडक सीमासम्बन्धी विवाद, घर हटाउने समस्या र बजेटको कमी जस्ता चुनौतीहरूले यो आयोजना प्रभावित गरिरहेका छन्।
हाल तिव्र गतिमा काम भइरहेकाेले भएमा नजिकमा नै सम्पन्न हुने अपेक्षा गरिएको छ।