पूर्व–पश्चिम राजमार्गको नारायणगढ देखि बुटवलसम्मको सडक विस्तारको काम राति मात्रै भइरहेको छ। यो खण्डमा नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र गर्न बाँकी छ।
सूचना अधिकारी शिव खनालका अनुसार, बिहान ४ बजेसम्म काम हुँदासम्म सुरक्षा र ट्राफिक समस्या हुँदैन । दिउँसो सवारीको चाप बढी हुने भएकाले राति काम गरिएको हो।
योजनाका अनुसार, काम १० दिनभित्र कालोपत्र गरेर सकिने सम्भावना छ । परियोजनाले सडकलाई चार लेन बनाउने र केही भागमा सर्भिस लेन र डिभाइडर समेत निर्माण गर्ने लक्ष्य राखेको छ ।