आईएमई मोटर्स एनपीएल पार्टनर

आईएमई मोटर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को ब्याकअप पावर र ट्राभल पार्टनरको रुपमा कार्य गर्ने भएको छ।

आगामी नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म, आईएमई मोटर्स अन्तर्गतका लेपावरअशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअपयातायात सुविधा उपलब्ध गराउनेछन्।

लेपावरले पावर पार्टनरको रुपमा सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने र यसको सेटअप, अपरेसन तथा अनुगमनका लागि प्राविधिक जनशक्ति पनि उपलब्ध गराउने छ।

ट्राभल पार्टनर अशोक लेल्यान्डले बस र अन्य सवारी साधन प्रदान गर्नेछ, जसलाई खेलाडी, अम्पायर र इभेन्ट स्टाफले प्रयोग गर्नेछन्।

नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशिल सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यस अनुसार ट्राभल पार्टनर–अशोक लेल्यान्ड र ब्याकअप पावर पार्टनर–लेपावरको रुपमा पहिचान गरिने छ।

खेलको बीचमा हुने स्ट्राटेजिक टाइमआउट ब्रेकलाई ‘अशोक लेल्यान्ड स्ट्राटेजिक टाइमआउट ब्रेक’ भनिनेछ।

आईएमई मोटर्सले हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट उपलब्ध गराउँदै आएको छ, जसले सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा योगदान पुर्‍याउँछ।

अशोक लेल्यान्डले पिकअप, लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, ट्रिपर, प्यासेन्जर र स्कुल बस लगायतका विभिन्न सवारी साधन उपलब्ध गराउने कम्पनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *