पोखरेली ट्याक्सी सेवा प्रालिले आफ्नो वार्षिक साधारणसभामा सबै ट्याक्सी चालकलाई “मुभ इन” एप प्रयोग अनिवार्य गर्न एक महिनाभित्र लागू गर्न आग्रह गरेको छ।
हाल दुई हजार दुई सय ट्याक्सी प्रालिमा आवद्ध छन्, तर सबै चालक एपमा जोडिएका छैनन्।
सभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षहरूले प्रविधि अपनाउन व्यवसायीलाई समर्थन गर्दै स्वदेशी एप प्रयोग गर्न जोड दिएका छन्।
कार्यक्रममा व्यवसायी एकता, पेशाको मर्यादा र लगानी सुरक्षामा पनि जोड दिइएको थियो।
साधारणसभामा असल चालक, उत्कृष्ट कर्मचारी र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो।
प्रालिको वार्षिक प्रतिवेदन, लखो परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्षको बजेट तथा कार्ययोजना पनि पारित गरिएको छ।