डेरी व्यवसायीलाई अशोक लेल्यान्ड छुट

आईएमई मोटर्स र नेपाल डेरी एसोसिएसनबीच समझदारी पत्रमा हस्ताक्षर गरी एसोसिएसनका सदस्यहरूले अशोक लेल्यान्डका गाडी खरिद गर्दा विशेष छुट पाउने भएका छन्।

यो सम्झौताअनुसार देशभरका डेरी व्यवसायीले रेफ्रिजिरेटर पिकअप भ्यान र एलसिभी लगायतका गाडीमा छुट पाउनेछन्।

आईएमई मोटर्सले सहुलियतपूर्ण ब्याजदरमा बैंकिङ फाइनान्सको सुविधा पनि उपलब्ध गराउने जनाएको छ।

अशोक लेल्यान्डका विभिन्न गाडी—पिकअप, लाइट कमर्शियल भेइकल, हेभी ड्युटी ट्रक, ट्रिपर, प्यासेन्जर र स्कुल बस—समेत नेपाली बजारमा लोकप्रिय छन्।

सम्झौतासँगै डेरी व्यवसायीले आवश्यक गाडी सजिलै खरिद गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *