Skip to content
एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि दिइने ‘पायोनियर इन न्यू–एनर्जी प्रोमोशन अवार्ड’ प्राप्त गरेको छ।
यो सम्मान बेइजिङमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो।
१४० भन्दा बढी देश सहभागी रहेको कार्यक्रममा यो अवार्ड पाउनु नेपालका लागि गर्वको विषय बनेको छ।
फोटोनका अनुसार नेपाल हाल विश्वकै महत्वपूर्ण ईभी बजारमध्ये एक बनेको छ र नेपालका कमर्शियल ईभी क्षेत्रमा कम्पनी दोस्रो स्थानमा पुगेको छ।
फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले अवार्ड हस्तान्तरण गरेका हुन् र एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले त्यसलाई ग्रहण गरेका छन्।
नोभेम्बर ६ देखि १० सम्म चलेको कन्फरेन्समा १४० देशका २,००० भन्दा धेरै पार्टनर सहभागी भएका थिए।
कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएको थियो र भविष्यका प्रविधि तथा विकास योजनाहरू पनि प्रस्तुत गरिएको थियो।
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यवसायिक सवारी साधनको प्रमुख आपूर्तिकर्ता हो र सहज, भरपर्दो यातायात समाधान प्रदान गर्न प्रतिबद्ध रहेको छ।
फोटोनका अधिकृत डिस्ट्रीब्युटरका रूपमा कम्पनीले उत्कृष्ट सेवा, प्रदर्शन र ग्राहक सन्तुष्टिमा जोड दिंदै देशभर शोरूम र सर्भिस केन्द्र विस्तार गरिरहेको छ।
नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीप्रति कम्पनीले आभार प्रकट गरेको छ।
Post Views: 262