Skip to content
गोरखाको मनास्लु हिमाल आरोहणका लागि नयाँ पदमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ।
नासोँ गाउँपालिकाले आरोहीहरूलाई सहज र सुरक्षित बाटो उपलब्ध गराउने उद्देश्यले वैकल्पिक मार्गको खोजी थालेको हो।
गाउँपालिकाको समन्वयमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा पदमार्ग सर्वेक्षण कार्य अगाडि बढाइएको छ।
मनास्लु ८,१६३ मिटर अग्लो हिमाल हो र यो नेपालकै प्रमुख आरोहण गन्तव्यमध्ये एक हो।
Post Views: 135