भारतीय कम्पनिले अब रुसबाट तेल नकिन्ने

अमेरिकी प्रतिबन्ध र व्यापार वार्ताका कारण भारतले रूसबाट कच्चा तेल खरिदमा ठूलो कटौती गरेको छ।

ब्लूमबर्गका अनुसार, भारतका पाँच प्रमुख रिफाइनरीहरूले डिसेम्बरका लागि कुनै नयाँ अर्डर दिएका छैनन्।

अमेरिकाले रूससँगको तेल कारोबारमा प्रतिबन्ध लगाएपछि भारतले वैकल्पिक स्रोत खोज्न थालेको हो।

हाल इण्डियन आयल र नायरा इनर्जी मात्र रूसी तेल खरिद गर्दै छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले तेल खरिद घटाएकाले लगाइएको उच्च कर घटाउने संकेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *