५ वर्षमा पनि सकिएन ४ किमी सडक

बागलुङको काठेखोला गाउँपालिका–७ रेशतर्फ जाने ४ किलोमिटर लामो सडक पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

करिब ६ करोड ७१ लाख रुपैयाँ लागतमा बनिरहेको यो सडकको काम ठेकेदारले पटक–पटक ढिलाइ गरेपछि ६ पटक म्याद थपिएको छ।

हालसम्म सडकमा ग्राभेल मात्रै भएको र कालोपत्रीको काम अझै सुरू हुन नसकेको ईञ्जिनियर विनोद लामिछानेले बताए।

स्थानीयवासीले भने लामो समयसम्म काम नहुँदा आवतजावतमा समस्या भइरहेको गुनासो गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *