पारामाउन्टको एक्सचेन्ज र अपग्रेड क्याम्प

पारामाउन्ट मोटर्सले कात्तिक २१ देखि २३ गतेसम्म ‘एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ। नेपालमा एमजी, माज्दा, वुलिङ, म्याक्सस र आईएम ब्रान्डका आधिकारिक बिक्रेता पारामाउन्टले आफ्नो सबै ब्रान्डहरू एउटै कार्यक्रममा प्रस्तुत गर्नेछ।

यो क्याम्प हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म एलिस रिसेप्सन नक्साल, गैरिधारा, र उपत्यका बाहिरका सबै डिलरशिपहरूमा सञ्चालन हुनेछ।

ग्राहकले यस क्याम्पमार्फत रु १५ लाखसम्मको विशेष लाभ, सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट, र पुराना गाडीको उच्च मूल्याङ्कन पाउनेछन्।

साथै, माज्दा, एमजी, वुलिङ, म्याक्सस र आईएमका नयाँ मोडेलहरू पनि प्रदर्शन गरिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *