एयरबसले काठमाडौंमा हेलिकप्टर सुरक्षा संगोष्ठी आयोजना गरेको छ।
कार्यक्रममा हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना, उत्कृष्ट अभ्यास, दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीबारे छलफल भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा भएको एकदिने संगोष्ठीमा फ्रान्सकी राजदूत, प्राधिकरणका निर्देशक, एयरबसका उच्च अधिकारी र नेपालभरका १०० भन्दा बढी विमान व्यवसायी र विशेषज्ञ सहभागी थिए।
सत्रमा डिजाइन, उत्पादन, मर्मत, पाइलट तालिम, फ्लाइट डेटा मोनिटरिङ र उच्च तनाव परिस्थितिमा निर्णय प्रक्रियाबारे जानकारी र अनुभव साझा गरिएको थियो।
कार्यक्रमको अन्त्यमा एयरबसले विश्वसनीयता सुधार र उत्पादन सुरक्षामा नयाँ योजना प्रस्तुत गरेको थियो।