Skip to content
नेपाल र जापानबीच बाढीले क्षति पुर्याएको सिन्धुली सडकको आपतकालीन पुनर्निर्माणका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
जापान सरकारले नेपाललाई २.८ अर्ब येन (करिब २ अर्ब ३० करोड रुपैयाँ) अनुदान दिनेछ।
सम्झौतापत्रमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरेका हुन्।
अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहकार्य निकायका प्रमुख मात्सुजाकी मिजुकीले पनि दस्तखत गरे।
यस अनुदानको सहयोगले सिन्धुली सडकका क्षतिग्रस्त खण्ड मर्मत र पुनर्निर्माण गरी यातायातलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
Post Views: 188