रामेछाप–लुक्ला उडान ठप्प

खराब मौसमका कारण आज बिहानदेखि रामेछाप विमानस्थलबाट सोलुको लुक्ला जाने सबै हवाई उडान ठप्प भएका छन्।

लगातार वर्षा र बाक्लो कुहिरोले उडान असम्भव बनाएको हो।

आज रामेछापबाट लुक्लाका लागि १५ उडान तालिकामा थिए, तर कुनै पनि उडान हुन सकेको छैन।

विदेशी पर्यटकहरू मौसम खुल्ने प्रतीक्षामा विमानस्थलमा र आसपासको क्षेत्रमा बसेका छन्।

सामान्यतया वसन्त (चैत–जेठ) र शरद (असोज–मंसिर) सिजनमा पर्यटक रामेछापबाट लुक्ला हवाई मार्गबाट जाने गर्छन्।

अहिले तारा एयर, समिट एयर र सीता एयरले नियमित उडान सञ्चालन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *