प्रतिकूल मौसमका कारण मुलुकका हवाई उडान सामान्य रूपमा प्रभावित भएका छन्।
‘भिजिबिलिटी’ कमजोर भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही ढिला भएका छन्।
अन्तर्राष्ट्रिय उडान केही समयदेखि ‘होल्ड’मा छन् भने लुक्ला, सिमीकोट जस्ता हिमाली क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य रूपमा प्रभावित भएको बताइएको छ।
विमानस्थलमा अहिले इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (IFR) अनुसार मात्र उडान भइरहेको छ।
मौसम विभागका अनुसार, पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र अन्य पहाडी–हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।