जेनजी आन्दोलनका क्रममा जलेका सवारीसाधनका सट्टा नयाँ गाडी खरिद गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई अनुमति दिएको छ।
पहिलो चरणमा २५१ वटा गाडी खरिदका लागि सहमति दिइएको छ, जसअन्तर्गत प्रहरीलाई १७५, सशस्त्र प्रहरीलाई ७०, र राष्ट्रिय अनुसन्धान विभागलाई ६ वटा गाडी उपलब्ध गराइनेछ।
निर्वाचन नजिकिँदै गर्दा सुरक्षा व्यवस्था मजबुत बनाउन सवारीसाधन आवश्यक परेको कारण खरिद प्रक्रिया अघि बढाइएको मन्त्रालयका एक सहसचिवले जानकारी दिएका छन्।