मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

पूर्वी नवलपरासी, गैंडाकोटको मौलाकाली केबुलकार बटम स्टेसनमा जेनजी आन्दोलनकारीले भदौ २४ गते तोडफोड र आगजनी गर्दा झन्डै ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

स्टेसनमा टायल, मार्बल, रङरोगन र सेन्सर मर्मत कार्य भइरहेको छ। क्षति विदेशी सामान र महँगो उपकरणमा भएकोले सञ्चालन ढिला भएको छ।

अस्ट्रियाबाट प्राविधिक आएपछि मात्रै कात्तिकभित्र संचालनमा ल्याउने योजना छ।

आगजनीले टिकट काउन्टर, कन्ट्रोल रुम, क्याफे लगायत क्षेत्रमा नोक्सान पुर्‍याएको छ।

घटना घट्दा स्टेसनमा रहेको ८ जना स्टाफले आगो निभाएका थिए।

केबुलकार बन्द भएपछि भक्तजनको यात्रा र होटल व्यवसायमा ठूलो असर परेको छ।

यसले रोजगारी गुमेका स्थानीयहरूलाई समेत प्रभावित बनाएको छ। Keबुलकार सञ्चालनपछि मन्दिर आउने भक्तजनको संख्या करिब ३०%ले बढेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *