Skip to content
वर्षौंसम्म ठेक्का लिएर पनि काम नगरेका १२ सिँचाइ र ४० सडक सम्बन्धी ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
जनताको तटबन्ध कार्यक्रमअन्तर्गत जलेश्वर महोत्तरीमा १२ रुग्ण ठेक्का तोडिएको छ भने बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्न १५ दिने सूचना प्रकाशित भइसकेको छ।
सडक विभागका विभिन्न डिभिजन कार्यालयहरू — तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले पनि ४० रुग्ण ठेक्का तोड्ने तयारी गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले “ठेक्का लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न” निर्देशन दिएका थिए।
पटक–पटक म्याद थपेर पनि काम नगरेका र आयोजना अलपत्र पारेका ठेकेदारका कार्यसम्पादन जमानत जफत गरिने र कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।
साथै, १५ दिनभित्र काम सुरु गर्ने योजना र प्रमाणसहित उपस्थित नभए ठेक्का पूर्णरूपमा रद्द गरी बाँकी रकम असुल गर्ने प्रक्रिया अघि बढाइने सरकारको तयारी छ।
Post Views: 141