लहान ओभरपास पुनः सुरु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार परियोजनामा लहानको मुख्य चोकमा रोकिएको ओभरपास निर्माण पुनः सुरु भएको छ। असारको अन्त्यबाट रोकिएको काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो।

३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन पूरा भए पनि अन्य संरचना ढिलो हुँदा चोक क्षेत्रमा आवागमन अस्तव्यस्त भएको छ।

धुलो, हिलो र एकतर्फी सवारीका कारण स्थानीय व्यवसायी र सर्वसाधारणलाई समस्या भइरहेको छ।

निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको यो ओभरपास ५५० मिटर लामो हुनेछ।

ग्राउन्ड क्लियरेन्स ६ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहनेछ।

सडक विस्तार परियोजनाको लागत करिब १५ अर्ब ६६ करोड रुपैयाँ छ र ८६.८३ किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्ने योजना रहेको छ।

हालसम्म ६७ प्रतिशत काम सम्पन्न भइसकेको र केही पुल तथा कल्भर्ट तयार भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *