चीनको कम्पनी Aion को नयाँ इलेक्ट्रिक ह्याचब्याक गाडी चाँडै नेपालमा आउने तयारीमा छ। CG Motors ले यो गाडी तिहारपछि बजारमा ल्याउने बताएको छ।
यसमा १०० किलोवाटको मोटर छ, जसले १७६ एनएम टर्क दिन्छ। गाडीमा ३४.८, ४४, ५० र ६० किलोवाट आवरका ब्याट्री विकल्प उपलब्ध हुनेछन्। यो लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गर्छ।
पूर्ण चार्जपछि करिब ४२० किलोमिटर चल्ने दाबी गरिएको छ। गाडीको लम्बाइ करिब ४.२ मिटर, ह्वीलबेस २.७ मिटर र उचाइ १.५ मिटर छ।
नेपालमा ह्याचब्याक इलेक्ट्रिक गाडीको प्रतिस्पर्धा कम भएकाले यो मोडलले बजारमा नयाँ आकर्षण ल्याउने अपेक्षा गरिएको छ।