सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेका ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सडक विभागले सुरु गरेको छ।
पुष्पलाल राजमार्ग र विभिन्न सडक डिभिजन कार्यालयले रुग्ण ठेक्का तोड्ने सार्वजनिक सूचना जारी गरेका छन्।
मन्त्री कुलमान घिसिङको निर्देशनअनुसार कार्यस्थलमा लामो समयदेखि अनुपस्थित निर्माण व्यवसायीको ठेक्का सम्झौता उल्लङ्घन भएको र अब १५ दिनभित्र स्पष्टीकरण पेश नगरे ठेक्का तोड्ने, जमानत जफत गर्ने र बाँकी कामको खर्च असुल्ने व्यवस्था गरिएको छ।