Skip to content
टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्ज्याङ जोड्ने करिब नौ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति कार्य सम्पन्न भएको छ।
पहिले सवारी गुडाउन पनि कठिन रहेको सडक अहिले ग्राभेलसहित नाली र पर्खाल निर्माण भएपछि सहज बनेको छ।
सडक सुधारपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवासुविधामा सहजता आएको छ।
किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन, विद्यार्थीले विद्यालय जान र बिरामीले स्वास्थ्य संस्था पुग्न सजिलो भएको स्थानीयले बताएका छन्।
करीब तीन करोड ५० लाख रुपैयाँमा संघीय सरकारको बजेट र गाउँपालिकाको पहलमा यो सडक सुधार गरिएको हो।
यो बाटोले पश्चिमी गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसँग जोड्ने मुख्य मार्गका रूपमा सेवा दिइरहेको छ।
Post Views: 81