फोटोनले आफ्नो चर्चित पिकअप मोडेल टुनल्याण्ड का ग्राहकका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ ल्याएको छ।
यो सीमित अवधिको अफरअन्तर्गत ग्राहकले ३ वर्ष वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मर्मत सेवा प्राप्त गर्न सक्नेछन्।
यस अफरले टुनल्याण्डका मालिकलाई सर्भिस खर्चको चिन्ता बिना नै सजिलै गाडी मर्मत गर्न सहयोग पुर्याउनेछ। अफर ३१ अक्टोबर २०२५ सम्म मान्य हुनेछ।
निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता आवश्यक पार्ट्स समावेश छन्, जसले गाडीको पर्फर्मेन्स र कार्यक्षमता सुधार गर्नेछ।
फोटोनले यो योजना ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउन र गाडीको भरपर्दोपन कायम राख्न ल्याएको बताएको छ।
टुनल्याण्ड नेपाली बजारमा शक्तिशाली, टिकाउ र विश्वसनीय पिकअप का रूपमा लोकप्रिय छ।
‘जिरो कस्ट अफर’ ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा अझ केन्द्रित बनाउँदै ग्राहकसँगको सम्बन्ध सुदृढ पार्ने उद्देश्य राखेको छ।
कम्पनीले सबै ग्राहकलाई नजिकको फोटोन शोरूम वा डिलरमा गएर अफर सकिनुअघि लाभ लिन आग्रह गरेको छ।