Skip to content
कोशी प्रदेशको झापास्थित कन्काई माई नदीको १४ वर्षदेखि अलपत्र पुलको निरीक्षण भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरेका छन् ।
पुल जनजीविकासँग जोडिएको रणनीतिक महत्वको भएकाले तत्काल अध्ययन गरी सरकारले निर्माणबारे निर्णय लिने तयारीमा छ।
सात सय मिटर लामो पुलको काम हालसम्म ६० प्रतिशत मात्र सम्पन्न भएको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले स्थानीय नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
मन्त्री घिसिङले ठेक्का तोड्ने वा कम्पनीलाई कारबाही गर्ने विकल्पमा छिट्टै निर्णय गर्ने बताए।
Post Views: 85