रसुवागढी बेलिब्रिज निर्माण अन्तिम चरणमा

रसुवास्थित नेपाल–चीन सीमाको लेन्देखोलामा चीनले निर्माण गरिरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ ।

दुई साताभित्र निर्माण सम्पन्न भई रसुवागढी–केरुङ नाका सञ्चालनमा आउने तयारी रहेको छ।

गत असारमा आएको बाढीले नाकामा रहेको मितेरी पुल बगाएपछि तीन महिनादेखि व्यापार प्रभावित भएको थियो।

चीनले बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाएको थियो र तिहारअघिसम्म पुल तयार हुने देखिन्छ।

बेलिब्रिज ९० मिटर लामो हुनेछ र ५५ टन भार वहन गर्न सक्षम हुनेछ।

चीनतर्फको एप्रोच सडक निर्माण भइसकेको छ भने नेपालतर्फ २० मिटर बाँकी छ। पुल जडान भएपछि अवरुद्ध सडक समेत खोलिनेछ।

अस्थायी बेलिब्रिज तयार भए पनि भविष्यमा स्थायी पक्की पुल चीनले नै बनाउनेछ।

नाका सञ्चालनमा आएपछि नेपाल–चीन व्यापार फेरि सुचारु हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *