Skip to content
चीनले अब विद्युतीय सवारी (इभी)हरूको अनियन्त्रित निर्यात र बिक्री रोक्न नयाँ नियम लागू गर्ने भएको छ।
२०२६ जनवरी १ देखि सुरु हुने यस व्यवस्थाअनुसार, इभी निर्माण गर्ने कम्पनीहरूले सरकारबाट निर्यात अनुमति लिएपछि मात्रै गाडी विदेश पठाउन पाउनेछन्।
यो कदमको उद्देश्य विदेशमा गुणस्तरहीन वा असुरक्षित इभी बिक्री रोक्ने र अन्तर्राष्ट्रिय बजारमा चीनको इभी छविलाई सुदृढ बनाउने बताइएको छ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा कम गुणस्तरका इभी आयात हुने क्रम बढेकाले सरकारले नयाँ मापदण्ड र नियमन प्रणाली ल्याउने तयारी गरिरहेको छ।
यसले बजारमा उपलब्ध इभीहरूको सुरक्षा र गुणस्तर दुवै सुधार्ने अपेक्षा गरिएको छ।
Post Views: 239