वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा २१ वटा विभिन्न परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) रिपोर्ट स्वीकृत गरेको छ।
तीमध्ये ३ वटा होटल — मल्ल होटल, होटल रोयल रिक्रियसन र होटल बाराही — का ईआइए रिपोर्ट स्वीकृत भएका छन्।
मन्त्रालयले २ वटा रंगशाला — गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम — का रिपोर्ट पनि स्वीकृत गरेको छ।
त्यस्तै ४ वटा अस्पताल तथा विश्वविद्यालय — जीवन विकास सामुदायिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, संजिवनी इन्टिच्युट अफ हेल्थ साइन्स र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय — का ईआइए रिपोर्ट पनि स्वीकृत भएका छन्।
सडकतर्फ कल्याणगढ-छाप्रे-धरान-बेनीघाट, मिर्चिया-कटारी-घुर्मी, मुग्लिन-आबुखैराी र भेरीगंगा बृहत चक्रपथ निर्माण परियोजनाका रिपोर्ट स्वीकृत भएका छन्।
यस्तै कोखाजोर जलाशययुक्त आयोजना, माथिल्लो सेती र माथिल्लो अरण जलविद्युत आयोजना, बबई सिँचाइ आयोजना, बकान खोला र आमादब्लम मिनी हाइड्रो, सम्राट सिमेन्ट चुनढुंगा खानी लगायतका परियोजनाको पनि ईआइए रिपोर्ट मन्त्रालयले स्वीकृत गरेको छ।