टिकट कालोबजारीमा कारबाही

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा हुने कालोबजारी र मनपरी भाडा असुल्ने कार्यलाई नियन्त्रण गर्न विशेष निगरानी सुरु गर्ने जनाएको छ।

चाडपर्वको समयमा यात्रुहरूले सहज र उचित मूल्यमा टिकट पाउन सकून् भन्ने उद्देश्यले विभागले चेतावनी दिँदै, निर्धारितभन्दा बढी भाडा लिने वा कालोबजारी गर्नेहरुलाई कडा कारबाही गर्ने बताएको छ।

साथै, विभागले सर्वसाधारणलाई पनि अनियमितता देखिए तत्काल जानकारी दिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *