Skip to content
युरोपेली कम्पनी स्टेलेन्टिसको स्वामित्वमा रहेको चिनियाँ विद्युतीय कार निर्माता लिपमोटरले १० लाखौं कार उत्पादन गरेर नयाँ माइलस्टोन हासिल गरेको छ।
कम्पनीले पछिल्लो ३४३ दिनमै ५ लाख कार उत्पादन गर्दै यो उपलब्धि हात पारेको हो।
लिपमोटर सन् २०१७ मा स्थापना भई २०१९ मा पहिलो कार बजारमा ल्याएको हो।
प्रारम्भिक ५ वर्षमा ५ लाख कार मात्र उत्पादन भए पनि पछिल्लो एक वर्षमै सोही संख्यामा कार उत्पादन गर्न सफल भएको छ।
स्टेलेन्टिसले साझेदारी गरेपछि लिपमोटर युरोपदेखि एशियाली बजारसम्म तीव्र गतिमा विस्तार भइरहेको छ।
नेपालमा भने गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्समार्फत लिपमोटरका गाडी बिक्री हुँदै आएका छन्।
हाल नेपाली बजारमा सी१०, टी०३ र बी१० मोडल उपलब्ध छन्।
Post Views: 136