एमएडब्लु फाउन्डेसनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन र सुरक्षित आवागमनमा सहयोग पुर्याउन १० वटा यामाहा एफ जेड मोटरसाइकल प्रदान गरेको छ।
आन्दोलन पछि कानून र व्यवस्था कायम गरि जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन तथा प्रहरी र ट्राफिकको श्रोत लाई मध्यनजर गरेर एमएडब्लुले सहयोग गरेको छ।
एमएडब्लुले जहिले पनि देश प्रति, सरकार प्रति र समाज प्रति आफ्नो जिम्मेवारी मनन गरि आफ्नो भूमिका निर्बाह गर्दै आएको छ र भबिष्यमा पनि एउटा जिम्मेवार नागरिकको कर्तब्य पालन गरि राख्ने छ।