जीहो स्कुटरको फेस्टिभ अफर

सिएफमोटो र जीहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले प्रिमियम ईभी स्कुटर खरिद गर्ने ग्राहकका लागि फेस्टिभ अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत जीहो एई८ स्कुटरमा ५० हजार रुपैयाँ छुट दिइनेछ।

४ लाख ९९ हजार ९०० पर्ने यो स्कुटर ४ लाख ४९ हजार ९०० मा उपलब्ध हुनेछ। साथै, बम्पर उपहारमा एक जना भाग्यशाली ग्राहकलाई बाली भ्रमण गर्ने अवसर दिइनेछ।

एई८ स्कुटरमा ६९ भोल्ट ३२ एम्पियर आवरको डुअल ब्याट्री र १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर जडान गरिएको छ।

यसलाई ४ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ र अधिकतम १६० किलोमिटर रेन्ज मिल्ने दाबी गरिएको छ।

यो स्कुटर १०० किलोमिटर प्रतिघन्टा भन्दा बढी स्पिडमा चलाउन सकिन्छ।

वितरकले बिक्री र सर्भिसलाई सहज बनाउन काठमाडौँ उपत्यकामा नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम तथा कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *