गोल्छा ग्रुपको मोटरसाइकल सहयोग

गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।

मंगलबार रामशाहपथस्थित बग्गीखाना कार्यालयमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको हो।

सामाजिक उत्तरदायित्व अन्तर्गत देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखी सहयोग गरिएको गोल्छा ग्रुपले जनाएको छ।

गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले राज्यलाई बलियो बनाउन सबैको एकता आवश्यक रहेको उल्लेख गर्दै, “अहिलेको समय प्रसव पीडाजस्तै हो।

यो परिवर्तनले नयाँ पुस्ताको सपना पूरा हुने विश्वास लिएको छु,” भन्नुभयो।

देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निराश नहुन आग्रह गर्दै उहाँले सबै क्षेत्रबाट सानो–साना सहयोग पनि समस्याको समाधानमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

हालैको जेन-जी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका भवन र सवारीसाधनमा क्षति पुगेको स्मरण गर्दै, गोल्छा ग्रुपले निरन्तर सहयोगका कार्यक्रम अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *