Skip to content
गत असार २४ र साउन १४ गते आएको बाढीले क्षति पुर्याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ।
टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्मको काम सडक विभाग र रसुवागढी जलविद्युत् आयोजनाले संयुक्त रूपमा गरेका थिए।
हाल भोटेकोसी खोलाको नजिकबाट मात्रै यातायात सञ्चालन गरिएको छ र पानीको बहाव बढ्न नदिई हिउँदभरका लागि यातायात सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच, गोसाइँकुण्ड–कुलुङ स्थित ठाडोखोलामा रहेको पक्की पुल जोखिममा परेको छ।
पुलमाथि नियमित बस र हल्का सवारी मात्र सञ्चालन गर्न दिइएको छ भने मालबाहक सवारी रोकिएको छ।
बाढीले बगाएको नेपाल–चीन मितेरीपुल पुनःनिर्माण अन्तर्गत चिनियाँ पक्षले बेलीब्रिज जडान गर्दैछ।
तर सडक र पुल जोखिमका कारण रसुवागढी जलविद्युत् आयोजनामा निर्माण सामग्री ढुवानी गर्न समस्या भइरहेको छ र एक करोड २७ लाख ८७ हजार घाटा भइसकेको छ।
Post Views: 128