नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैँ–तिहार लक्षित गर्दै ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर सुरू गरेको छ।
होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने मौका पाउनेछन्।
यसबाहेक, ग्राहकले १० हजारसम्मको स्क्र्याच कुपन, ५ वर्षसम्मको होन्डा फ्री एएमसी (१२,५०० बराबर), ६ वटा फ्री सर्भिसिङ वा प्रो होन्डा इन्जिन आयल फ्री जस्ता तीनमध्ये एउटै अफर रोज्न सक्नेछन्।
ग्राहकले जुनसुकै पुरानो ब्राण्डको मोटरसाइकल वा स्कुटर होन्डा मोडलसँग एक्सचेन्ज गर्न सक्नेछन्।
कम्पनीले किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ र केही सेलेक्टेड मोडलमा ईएमआइमा १ प्रतिशत मात्र ब्याजदर लाग्ने जनाइएको छ।