बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । भदौ महिनाको लागि व्यक्तिगत निक्षेपतर्फ औषतमा पाँच दशमलव ५७ प्रतिशत ब्याजदर तोकेका बैंकहरुले असोज महिनाको लागि यस्तो ब्याजदरमा शून्य दशमलव ११ प्रतिशतले घटाएर औषत ब्याजदर पाँच दशमलव ४६ प्रतिशत कायम गरेका हुन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्येमा १० वटाले भदौको तुलनामा असोज महिनामा व्यक्तिगत निक्षेपको ब्याज घटाउँदा सातवटाले स्थिर राखेका छन् ।
यस अवधिमा लक्ष्मी सनराइज बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकले भने भदौ महिनाको तुलनामा असोज महिनाको लागि व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका छन् ।
बैैंकहरुले सार्वजनिक गरेको ब्याजदरसम्बन्धी विवरणअनुसार असोज महिनाको लागि स्टान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंकले क्रमशः पाँच दशमलव १८, पाँच दशमलव २५ र पाँच दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
भदौ महिनाको लागि भने यी बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको ब्याजदर क्रमशः पाँच दशमलव १३, पाँच र पाँच दशमलव चार प्रतिशत रहेको थियो ।
एभरेस्ट, सानिमा र कुमारी बैंकले असोज महिनाको लागि क्रमशः पाँच दशमलव २५, पाँच दशमलव २५ र पाँच दशमलव शून्य एक प्रतिशत ब्याजदर कायम गरेका छन् । भदौ महिनाको लागि यी बैंकहरुको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव ७५, पाँच दशमलव ७५ र पाँच दशमलव २१ प्रतिशत कायम रहेको थियो ।
सिद्धार्थ, कृषि विकास, नेपाल एसबीआई र सिटिजन्स बैंक इन्टरनेसनलले पनि असोज महिनाको लागि क्रमशः पाँच दशमलव पाँच, पाँच दशमलव शून्य पाँच, पाँच दशमलव १८ र पाँच दशमलव २५ प्रतिशत ब्याजदर तोकेका छन् ।
भदौ महिनाका लागि यी बैंकहरुको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव पाँच, पाँच दशमलव दुई, पाँच दशमलव २५ र पाँच दशमलव पाँच रहेको थियो ।
असोज महिनाको लागि प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र नबिल बैंकले भने क्रमशः पाँच दशमलव पाँच, पाँच दशमलव पाँच, छ र पाँच दशमलव पाँच प्रतिशत ब्याजदर कायम गरेका छन् ।
भदौ महिनाको लागि पनि यि बैंकहरुको ब्याजदर सोही अनुपातमा रहेको थियो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक र हिमालयन बैंकले पनि असोज महिनाको लागि क्रमशः पाँच दशमलव २५, छ,, छ, छ र छ प्रतिशत ब्याजदर तोकेका छन् । भदौ महिनामा पनि यी बैंकहरुको ब्याजदर सोही अनुपातमा रहेको थियो ।
एनआईसी एसिया र प्रभु बैंकले भने असोज महिनाको लागि क्रमशः छ र पाँच दशमलव ३५ प्रतिशत ब्याजदर तोकेका छन् ।
भदौ महिनाको लागि भने यी बैंकहरुको ब्याजदर क्रमशः छ दशमलव २५ र पाँच दशमलव ३५ प्रतिशत रहेको थियो ।