आज देशभर सार्वजनिक बिदा

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्न आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उच्च सम्मानस्वरूप राष्ट्रिय झण्डा आधा झुकाउने व्यवस्था पनि गरेको छ।

यस निर्णयले आन्दोलनमा सहभागी र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउने सन्देश दिने सरकारको भनाइ छ।

साथै, शान्ति र संवादमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता पनि सरकारले दोहोर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *