दसैंमा उडान टिकट महँगो

दसैं नजिकिँदै जाँदा आन्तरिक उडानका टिकटहरू छिट्टै सकिन थालेका छन्।

एयरलाइन्सका अनुसार अहिले सम्म करिब ७० प्रतिशत टिकट बुक भइसकेका छन्।

सस्तो दरमा पाइने टिकट सकिएपछि भाडा बढ्न थालेको छ।

काठमाडौं–धनगढी मार्गको टिकट करिब १२ हजार रुपैयाँबाट बढेर १६ हजारसम्म पुगेको छ।

यस्तै, काठमाडौं–नेपालगञ्ज र काठमाडौं–विराटनगर जाने यात्रुहरूले पनि उच्च भाडा तिर्नुपर्ने अवस्था आएको छ।

यात्रुहरूको चाप बढ्दै गएसँगै आगामी दिनमा भाडा अझ बढ्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *