Skip to content
नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसम्बन्धी सुविधा हटाइएको छ।
पहिले सवारी चालक अनुमति पत्र हेर्ने विकल्प एपमा उपलब्ध थियो तर अहिले त्यो देखिँदैन।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मिनभवनस्थित यातायात व्यवस्था विभाग ध्वस्त भएपछि केन्द्रीय सर्भरसहितका सामग्री नष्ट भएका थिए।
यही कारणले ड्राइभिङ लाइसेन्ससम्बन्धी प्रणाली समेत प्रभावित भएको हो।
केन्द्रीय सर्भर बिग्रिएपछि ‘EDLVRS System’ सञ्चालनमा छैन र देशभरका यातायात कार्यालयहरूले अर्को सूचना नआएसम्म सेवा रोकिएको जनाएका छन्।
यसै प्रणाली नागरिक एपसँग पनि जोडिएको भएकाले सर्भर नष्ट भएपछि एपमा लाइसेन्ससम्बन्धी अप्सन हटाइएको हो।
Post Views: 153