नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट १५ अर्ब रुपैयाँ हाराहारी क्षति पुगेको अनुमान गरेको छ ।

नाडा कार्यसमितिले शुक्रबार बेलुकी गरेको गरेको भर्चुअल बैठकमा प्रारम्भिक रूपमा काठमाडौंसहित देशभरका अटो डिलर,शोरुम, वायरहाउस, स्पेयर पार्टस स्टोरलगायतमा भएको क्षतिको प्रारम्भिक अनुमान १५ अर्ब रुपैयाँ हाराहारी भएको अनुमान गरिएको महासचिव सुरेन्द्र उप्रेतीले बताए ।
